विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालु आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको हो ।यसरी पक्राउ पर्नेमा चोरी मुद्दा, वन पैदावार चोरी, बहुविवाह, लागुऔषध र जबर्जस्ती करणी उद्योगका दोषी बढी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जिल्लामा सक्रियरूपमा अदालतबाट दोषी ठहर भएका र अनुसन्धानका क्रममा भागेका फरारको खोजी भइरहेको जानकारी दिनुभयो ।“प्रायः अभियुक्त लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी धमाधम जिल्ला अदालत पेश गरिरहेको छ”, उहाँले भन्नुभयो, “अदालतबाट पनि कैद भुक्तान गर्न कारागार पठाउने काम भइरहेको छ ।” पक्राउका लागि जिल्लामा सादा पोशाकमा समेत प्रहरी परिचालित छन् ।विभिन्न घटनाका अभियुक्तलाई पुर्पक्ष र कैद सजाय तोकिएका अभियुक्त बढ्न थालेपछि कञ्चनपुर कारागार भरिभराउ छ । कारागारका जेलर माया बस्नेत थापाले ३९६ कैदीबन्दी रहेको बताउनुभयो । ७० पुरुष २० महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा क्षमताभन्दा धेरै बढी रहेका छन्।
फैसलापछि फरार ७९ पक्राउ
सवालनेपालसंवाददाताबिहीबार, २८ माघ २०७७

फैसलापछि फरार ७९ पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



