काठमाडौं । ११ जुन, १९८६ । त्यो रात चर्चित कग्निटिव न्यूरो वैज्ञानिक गिनी रिप्पनका लागि खास थियो किनकी त्यस रात उनले छोरीलाई जन्म दिएकी थिइन् । रिप्पनलाई राखिएको वार्डमा जम्मा ९ जना बच्चाको जन्म भएको थियो । सबै बच्चालाई उनीहरुको आमालाई सुम्पिने क्रममा रिप्पनको पालो आयो । बच्चालाई रिप्पनको हातमा राखिदिँदै नर्सले भनिन्, ‘यो बच्चा सबैभन्दा बढी रोइरहेकी छे, आवाज नै छोरीको जस्तो छैन’ ।१० मिनेटअघि मात्र जन्मिएको आफ्नो बच्चालाई छोरा वा छोरीको श्रेणीमा विभाजन गरेको देखेर रिप्पन सोचमग्न भइन् ।महिला र पुरुषबीच लैंगिक विभेदको कुरा विश्वभरि नै फैलिएको छ । जब कि उनीहरुलाई भगवानले एउटै तरिकाले बनाएका छन्, उनीहरु एउटै रथका दुई पाङ्ग्रा हुन् जस्ता भनाइहरु प्रचलित भएतापनि जन्मजातै उनीहरुको प्रवृत्ति भिन्न हुन्छ भन्ने गरिन्छ ।यही विचारलाई चुनौती दिन रिप्पन कैयौं वर्षदेखि यस विषयमा अनुसन्धान गरिरहेकी छिन् ।

उनको अध्ययनको कतिपय नतिजालाई ‘दि जेन्डर्ड ब्रेन’ नामक किताबमा लेखेकी छिन् । रिप्पन आफै वकालत गर्छिन् कि मानिसको दिमाग उनीहरुको लिंगका आधारमा भिन्न हुँदैन बरु समाजले उनीहरुलाई यस्तो सोच्न बाध्य बनाउँछ ।जन्मिएदेखि मरुन्जेलसम्मको चालढाल, हिँडाइबोलाइ आदिजस्ता गतिविधीलाई मध्यनजर गर्दै भनिन्छ कि छोरी र छोराको मस्तिष्क एकअर्का भन्दा फरक हुन्छ । मानिसहरुको यही सोचबाट रिप्पन आजित छिन् । अहिलेको २१ औं शताब्दीमा पनि यस्ता अफवाहरुले गर्दा लैंगिक विभेद जीवित रहेको उनी बताउँछिन् ।लगभग २ सय वर्षदेखि हामी यो जान्न कोशिस गर्दै छौं कि पुरुषको दिमाग महिलाको दिमाग भन्दा फरक छ कि छैन । तर यस प्रश्नको कुनै जवाफ आएको छैन । विज्ञान र प्रविधिको सहायता लिइसके पछि पनि केही पुराना विचारहरु पूर्ण रुपमा गलत साबित भएका छन् । यद्यपि यो भिन्नता समाजबाट हराइरहेको छैन । त्यहाँ एक सत्य पनि छ कि महिलाको दिमाग आकार पुरुषहरु भन्दा करिब १० प्रतिशत सानो हुन्छ र यसको आधारमा महिलाको बुझाइलाई कम महत्व दिइन्छ ।रिप्पन भन्छन् कि यदि बुद्धिमत्ता र समझ मस्तिष्कको आकारसँग सम्बन्धित भएको भए हात्ती र ह्वेलको मस्तिष्क मानवहरु भन्दा धेरै ठूलो छ । त्यसोभए किन तिनीहरुसँग मानव समझ छैन ? भनिन्छ कि प्रख्यात वैज्ञानिक आइन्स्टाइनको दिमाग औसत पुरुषको भन्दा सानो थियो । तर उनको समझ र बुद्धि अरुभन्दा कम थिएन । बरु बढी थियो ।

दिमागको आकारसँग क्षमताको सम्बन्ध ?

यस आधारमा, यो भन्न सकिन्छ कि मस्तिष्कको आकारको बुद्धिमत्तासँग कुनै सरोकार छैन । यद्यपि समाजमा भेदभावपूर्ण सोचले यसको जरालाई बलियो बनाउँदैछ ।नक्शा पढ्ने काम पूर्ण रुपमा बुझाईको आधारमा आधारित छ । तर प्रायः यो काम पुरुषहरुलाई मात्र दिइन्छ किनभने यो विश्वास गरिन् छ कि उनीहरुले यो कार्य अझ राम्रोसँग गर्न सक्दछन् ।रिप्पन भन्छिन कि दिमागको आकार भिन्नता बढाइचढाइ गरिएको छ । हामीलाई थाहा छ हाम्रो दिमाग दुई गोलार्धमा विभाजित छ । यी दुई भागको बीचमा कर्पस क्यालोसम छ जुन मस्तिष्कको दुई भागका बीच एक पुलको रुपमा कार्य गर्दछ । यसलाई सूचना पुल पनि भनिन्छ । र यो पुल पुरुषहरु भन्दा महिलामा फराकिलो छ ।

के भन्छ विज्ञान ?

यो अनुसन्धानले महिलाहरुलाई तर्कहीन भन्नेहरुलाई ऐना देखाउँछ । अक्सर भनिन्छ कि महिलाहरुमा सोच्ने क्षमता कम हुन्छ किनभने, भावनाहरुले उनीहरुको सोचाइमा बढी प्रभुत्व जमाउँछ । जबकि अनुसन्धानले यी सबै चीजहरु गलत प्रमाणित गर्दछ ।रिप्पन आफ्नो पुस्तकमा लख्छिन्, ‘आम मान्यता के छ भने पुरुष गणित र विज्ञानमा जान्ने हुन्छन् । उनीहरुको दिमागले यी दुई गाह्रो विषयलाई धेरै राम्ररी बुझेको हुन्छ । तसर्थ, उनीहरु नोबेल वा अन्य त्यस्तो ठूलो पुरस्कारहरु जित्ने सामथ्र्य राख्छन् । जबकि यी दावीहरु पूर्ण रुपमा गलत छन्। दशकौं अनुसन्धान पछि, यो प्रमाणित भयो कि दिमागले उही तरीकाले काम गर्दछ । बरु एक पुरुष र एक महिलाको दिमागबीच भिन्नता छुट्टयाउन पनि मुस्किल हुन्छ ।हाम्रो सोचाइमा हर्मोनको ठूलो भूमिका हुन्छ । महिलाहरुलाई प्रत्येक महिनावारी हुन्छ, यस समयमा धेरै प्रकारका हार्मोनहरु उनीहरुको शरीरमा चलायमान हुन्छन् र यस आधारमा, तिनीहरुलाई धेरै महत्वपूर्ण अवसरहरुमा काम गर्नबाट रोकिन्छ । अमेरिकाको अन्तक्रिया कार्यक्रममा पनि महिलालाई यस आधारमा समावेश गरिएको थिएन ।

‘प्री मेन्स्ट्रुअल सिन्ड्रोम’को अवधारणा पहिलो पटक १९३० मा आएको थियो । आज पनि धेरै मानिसहरु विश्वास गर्छन् कि महिनावारी हुनुअघि महिलाको शरीरमा परिवर्तनले उनीहरुको बुझ्ने क्षमतालाई पनि असर गर्छ ।

अर्को अनुसन्धानको आधारमा, रिप्पन भन्छिन् कि मासिक धर्म शुरु हुनुअघि, महिलाहरुमा ठूलो मात्रामा एस्ट्रोजेन हार्मोन सक्रिय हुन्छ र यसले महिलाको सोच्ने शक्तिलाई सकरात्मक रुपमा प्रभाव पार्छ ।

के महिला र पुरुषको दिमागले एकै प्रकारले काम गर्छ ?

रिप्पनका अनुसार कतिपय विश्वासले समाजमा यस्तो जरा गाडेका हुन्छन् कि तिनीहरुले अनुसन्धानको नतिजालाई समेत आफू अनुसार ढाल्न सक्छन् । आखिर, अनुसन्धानकर्ता पनि त यही समाजका प्रतिनिधि न हुन् । सामाजिक विचारहरुले उनीहरुलाई पनि प्रभाव पार्छ र, महिलाहरुको सोचाइ पनि उही धारणा अनुसार आकार लिन थाल्छ ।यसमा कुनै शंका छैन कि मूलतः हामी सबैको मस्तिष्क एकै प्रकारले काम गर्दछ तर, भविष्यमा यसले कसरी काम गर्छ भन्ने कुरा हाम्रो हातमा हुन्छ । हामीले यसलाई कसरी ‘ट्रेन’ गर्छौं, केकस्ता ज्ञान हासिल गर्छौं, कस्तो संस्कार पाएर हुर्किन्छौं भन्ने कुराले ठूलो भूमिका खेल्छ ।यद्यपी, समाजले वर्षौंदेखि महिला र पुरुषबीच भेदभाव गर्दै आएको छ ।

अचम्मको कुरा त यो छ कि बच्चाले खेल्ने खेलौनालाई पनि हामीले उसको लिंगको आधारमा विभाजन गरेका छौं । यदि केटाले गुडियासँग खेल्न शुरु गरे भने, परिवार चिन्तित हुन्छ कि छोराले कतै अर्कै दिशा त पक्रिने होइन !यद्यपी धेरै मानिसहरु भन्छन् कि लिंगका आधारमा बच्चालाई कुनै खेलौना खेल्नबाट वञ्चित गर्नुहुँदैन । रिप्पनका अनुसार बच्चाहरुलाई त्यस्ता खेल र खेलौनाहरु खेलाउनुपर्छ जसले उनीहरुको मस्तिष्क विकासमा मद्दत पु-याओस् । उनीहरुलाई सानोमै केटा र केटीबीच हुने भेदभावको चक्रमा फसाउनु हुँदैन ।बेलायतमा यसका लागि ‘लेट टोयज बि टोयज’ नामक अभियान नै चलाइएको छ । अस्ट्रेलियामा पनि यसैसँग सम्बन्धित ‘प्ले अनलिमिटेड’ नामक अभियान चलाइयो । यस्ता अभियानबाट आंशिक सफलता पनि प्राप्त भएको छ तर, यसलाई अझै व्यापक स्तरमा विश्वभर लैजानुपर्ने आवश्यकता महसुस गरिएको छ ।जे होस् हरेक अनुसन्धानले यही बताउँछ कि मानिसको मस्तिष्कले उसको लिंगको आधारमा काम गर्ने पक्कै होइन । समयसँगै वरिपरिका संरचना, वातावरण, ज्ञानको स्तर, संस्कार आदिले कसरी उसको मस्तिष्कलाई ‘ट्रेन’ गर्छन् भन्ने कुरामा भर पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah