कैलाली । कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा हिजो (बिहीवार) राती भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् ।अटो रिक्सामा अन्य व्यक्तिहरु भने सवार नरहेको बुझिएको छ।
कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु
सवालनेपालसंवाददाताशुक्रबार, २९ माघ २०७७

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



