महिलामाथिका हिं’सा र वि’भे’दवि’रूद्ध’का घटनाको विरोध गर्दै सिंहदरबार महिला मार्च भएको छ। बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो। बसन्तपुरबाट सुरू भएको मार्चमा सुरु भएको थियो ।

कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। मार्चमा प्र’तिका’त्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरिरहेका छन्।

घटना बढिरहेका बेला बसन्तपुरबाट शुरु भएको नागरिक मार्चपास वसन्तपुर,न्यूरोडगेट,बीर अस्पताल, शान्तिबाटिका,रणद्विप पुल,पुरानो बसपार्क,भद्रकाली हुँदै सिहंदरबार गेट पुगेर कोणसभामा परिणत भएको छ ।

मार्चपासमा युग पाठक,साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला,पूर्व मिस नेपाल श्रीङ्खला खतिवडा,राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी,वरिष्ठ पत्रकार नारायण वाग्ले,सामाजिक अभियन्ता डा. गोविन्द केसी, कैलाश राई,अर्जुन थापालगायतको सहभागिता थियो ।

मार्चपासमा सहभागीहरुले मुखमा कालो मास्क र आँखामा कालोपट्टी लगाएका थिए । ‘करणीको घटना दिनदिनै बढछ,गृहमन्त्री भन्छन् नेपालमा कम छ,’ ‘करणी खुलेआम अ’पराधि गु’मना’म,’ ’मौलिक हक हुँदैछ हनन्, हरेकदिन प्रतिगमन’ जस्ता नारा लगाएका थिए ।

यसै क्रममा राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको घटनामा सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई अपिल गरेको छ । आयोगकी सदस्य कृष्णकुमारी खतिवडा नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यका तर्फबाट तत्काल अध्ययन अनुसन्धान शुरु भएको पाइएको बताइएको छ । अनुसन्धानमा खटिएका अधिकारी संवेदनशील भएर काम गरिरहेको टोलीले बताएको छ । आयोगले पी’डितको परिवारको संरक्षणमा भने ध्यान दिन अनुरोध गरेको छ ।

आयोगकी अध्यक्ष कमला पराजुलीले सो घटनाका अ’पराधी पत्ता नलाग्ने नहोस् भनेर आयोग क्रियाशिल भएर लागेको बताईन । घटना बाहिर आउनासाथ गृहमन्त्री रामबहादूर थापासँग गम्भीर छलफल भएको उनले बताईन । घटनाबारे बुझ्नका लागि नै टोली पठाइएको उनको भनाइ छ । केन्द्रमा रहेको आयोग कसरी तलसम्म पुग्न सक्छ भनी छलफल भइरहेको उनले बताईन । उनले भनीन्, “प्रदेश, पालिका र वडास्तरसम्म कसरी पुग्न सकिन्छ भनी छलफल भइरहेको छ ।”

आयोगकी सदस्य खतिवडाले आपू घटनास्थल पुग्दा त्यहाँको प्रहरी दिन र राति नभनी निरन्तर अनुसन्धानमा लागिपरेको पाइएको जानकारी दिईन। केन्द्रीय अनुसन्धान ब्युरोको टोली र बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा अनुसन्धान अघि बढिरहेकाले छिट्टै पीडक कानूनको दायरामा आउने उनको विश्वास व्यक्त गरिन। पी’डितको बुबा भर्खरै बितेको र दाजु वैदेशिक रोजगारीमा भारत गएको र अहिले पनि आमा बि’क्षिप्त भएको पाइएको टोलीले जनाएको छ । पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्ति दिनसमेतको आयोगले सरसँग अपिल गरेको छ ।

इताजा खबर बाट साभार

तल भिडियोमा हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर