लाई थाहा नहुन सक्छ ।

जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

टिमुर स्वादका लागि मात्र नभइ ओखतीको रुपमा समेत काम गर्छ ।

टिमुर के हो ?

नेपालको महाभारत पर्बत शृंखलाको १२०० देखि २५०० मिटर सम्मको उचाईमा पाइने टिमुरका बोट खुला तथा पाखो बारीमा उम्रिएका हुन्छन् । यसको व्यावसायिकरुपमा समेत खेती गर्ने गरिएको पाइन्छ ।

बोट भरीनै केही चेप्टो परेको तीखो काढाहरु हुन्छन्। टिमुरको डाँठको दुबैतिर स-साना दुई देखि छ जोडी सम्म तीखो टुप्पो भएका पातहरु पलाएका हुन्छन् ।

टिमुरको फल स-साना, राता, चार देखि पाँच मिलीमिटर ब्यासका हुन्छन। फलको स्वाद तितो, पिरो, हुनुका साथै जिब्रो पर्पराउने हुन्छ । यी फलहरुबाट वास्ना पनि आउँछ। काँचोमा हरियो हुने यसको फल पूर्णरुपमा पाकीसकेपछि रातो रङ्गमा परिणत हुन्छ । धेरै पाकेमा फल आफै फुट्दछ र फल भित्रको कालो रङ्गको बियाँ बाहिर निस्किन्छ।

नेपालमा टिमुरको प्रयोग मसलाको रुपमा गरिन्छ। विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ । जंगली जुका फाल्न, पेटको बिकार फाल्न, जैबिक बिषादि बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ। यसको फल, रुखको बोक्रा, फूललगाय सवै भागलाई दन्तमन्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।

औषधीय गुणहरु

– आयुर्वेदिक प्रणाली अनुसार दाँत दुखेको, पेटको बिकार, ज्वरो, हैजा हटाउन लगायतका बिमारमा टिमुरको प्रयोग गरिन्छ।

–टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । शरीरलाई उर्जा तथा तागत दिने औषधिको रूपमा प्रयोग हुन्छ ।

–खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।

– हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।

– आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ ।

– आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।

– न्यून रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्या उने गर्छ ।

– गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ ।

– टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।

– कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।

– टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुकाहरुलाई मार्नको लागि पनि सहयोग पुर्याउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah