एजेन्सी । भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस दुर्घटना हुँदा ४२ जनाको शव भेटिएको छ । बस सिधी भन्ने ठाउँको बाणसागर नदीमा खसेको हो ।मृतकमध्ये १२ जना विद्यार्थी थिए । उनीहरु सबै रेल्वेको परीक्षा दिन सतना जाँदै थिए । बसका यात्रुमध्ये ६ जनाको जीवितै उद्दार गरिएको छ । बसका चालक पौडिएर बाच्न सफल भएका छन् । उनलाई हिरासतमा राखिएको छ ।स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या ४५ भन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । बसमा सवार ६ जना अझै बेपत्ता छन् । उनीहरुलाई नदीको बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।सिधीबाट सतना गइरहेको बस बिहान ७ः३० बजे नदीमा खसेको स्थानीयलाई उद्धृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् । नदीको गहिराइ २२ फिटसम्मको भएको समाचारमा उल्लेख गरिएको छ ।गोताखोर मद्दतले बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ । बेपत्ताहरुलाई नदीले बगाएको हुनसक्ने अनुमानका आधारमा तल्लो तटीय क्षेत्रमा पनि खोजी थालिएको छ ।
भारतमा ५४ यात्रु चढेको बस दुर्घटना, ४२ जनाको शव भेटियो
सवालनेपालसंवाददातामंगलबार, ४ फागुन २०७७

भारतमा ५४ यात्रु चढेको बस दुर्घटना, ४२ जनाको शव भेटियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



