नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ)को मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु २ बढेर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्यपनि रु २ नै बढेर ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको जनाएको छ ।