काठमाडौं । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरी आज विहान ११ बजे पत्रकार सम्मलेनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।पक्राउ पर्ने व्यक्ति भागरथी अध्ययनरत सनातन माविमै ११ कक्षामा अध्ययनरत १८ वर्षीय दिनेश भट्ट हुन् । उनी भागरथीका छिमेकीसमेत हुन् । प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव २२ माघमा खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो े । विद्यालयबाट फर्कने क्रममा उनको हत्या भएको थियो ।
भागरथी हत्याका अभियुक्त उनी अध्ययनरत विद्यालयकै विद्यार्थी,११ बजे सार्वजनिक गरिने
सवालनेपालसंवाददाताबुधबार, ५ फागुन २०७७

भागरथी हत्याका अभियुक्त उनी अध्ययनरत विद्यालयकै विद्यार्थी,११ बजे सार्वजनिक गरिने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



