एजेन्सी - चीनमा नक्कली खोप बिक्री गर्ने एक जना पक्राउ परेका छन् ।पानी र सलाइनलाई कोरोना भाइरसको खोपका रूपमा प्रयोग गरेर लाखौं डलर कमाउने पक्राउ परेका हुन् ।कङ नाम दिइएका ती व्यक्तिले वास्तविक खोपको अनुसन्धान गरेपछि ५८ हजार नक्कली खोप बनाएर बिक्री गरेका थिए । अधिकारीहरूले तीमध्ये केही मात्रा खोप चीनबाहिर पनि तस्करी गरिएको जनाएका छन् । तर ती नक्कली खोप कुन देशमा पुर्याइयो भन्नेबारे केही उल्लेख गरिएको छैन।हालसम्म नक्कली खोप बनाएको र बिक्री गरेको आरोपमा चीनमा कम्तीमा ७० जना पक्राउ परिसकेका छन् । उनीहरू विभिन्न २० वटा घटनासँग सम्बन्धित रहेका जनाइएको छ । नक्कली खोप निर्माण गर्ने र बिक्री गर्नेमाथि चीनले कडा कारबाही गर्ने जनाइरहेका बेला पछिल्लो समाचार सार्वजनिक भएको हो ।चीनले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु गरिसकेको छ । अधिकारीहरूले चिनियाँ नयाँ वर्षअघि नै १० करोड खोप लगाउने योजना सार्वजनिक गरेका थिए । तर हालसम्म ४ करोडलाई मात्र खोप दिइएको छ ।
नक्कली खोप बिक्री गर्ने एक जना पक्राउ
सवालनेपालसंवाददाताबुधबार, ५ फागुन २०७७

नक्कली खोप बिक्री गर्ने एक जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



