काठमाडौं। मेक्सिकोकी एक ब्युटी क्विन पक्राउ परेकी छिन् । २५ वर्षकी यी सुन्दरीमाथि खतरनाक आपराधिक ग्याङको सदस्य भएको आरोप छ । मेक्सिको पुलिसले यो मुद्दामा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये लरा मोजिका रोमेरो पनि छिन् । रिपोर्टका अनुसार यदि उनीमाथि लागेको आरोप प्रमाणित भयो भने उनलाई ५० वर्ष जेल सजाय हुन सक्छ ।रिपोर्टका अनुसार २५ वर्षकी रोमेरो एक यस्तो आपराधिक ग्याङकी सदस्य हुन् जुन ग्याङ ओएक्साका र भेराक्रुज जस्ता शहरमा अपहरणको लागि जिम्मेवार छ । भेराक्रुटका स्टेट अटर्नीले पुष्टि गर्दै यी सबै ८ जनालाई शहरको एक घरबाट ११ फेब्रुअरीमा गिरफ्तार गरिएको बताए । सबै ८ आरोपीलाई आगामी २ महिनासम्मको लागि हिरासतमा राखिनेछ । पुलिसले यस विषयमा थप जाँच गरिरहेको छ ।

व्यवसायिक अध्ययनमा ग्रयाजुएट रोमेरो अंग्रेजीमा दक्ष छिन् र उनलाई स्तन क्यान्सर र ल्युकेमिया जस्ता रोगहरुविरुद्ध जागरुकता फैलाउने अभियन्ताको रुपमा पनि चिनिन्छ । रोमेरोले २०१५ मा मिस अर्थ ओएक्साको उपाधि जितेकी थिइन् । गत वर्ष उनी इन्टरनेशनल क्विन अफ कफीमा रनर अप थिइन् । उनी २०१९ मा मिस मेक्सिको प्रतियोगितामा सहभागी भएर थर्ड रनरअप भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय