दमक/ द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था दमकको आज ( मंगलबार)देखि चौथो सेवा केन्द्र बुधबारेमा सञ्चालनमा आएको छ ।
यस अघि केरखा, विर्तामोड र सुरुङगामा सेवा केन्द्र सञ्चालनमा ल्याएको सो सहकारीले आज श्रीपञ्चमी पर्वको अवसर पारेर बुद्धशान्तिमा सेवा केन्द्र सञ्चालनमा ल्याएको संस्थाका सचिव ज्ञानु पौडेलले जानकारी दिए ।

सो सेवा केन्द्रको संस्थाका अध्यक्ष दिपक खरेलले उदघाटन गरेका छन । संस्थाको नीति र सदस्यहरुको माग अनुसार बढी सदस्य रहेका क्षेत्रमा सेवा केन्द्र विस्तार गरिएको संस्थाका व्यवस्थापक नवराज बाँस्तोलले जानकारी दिए । २०६८ मा दमकमा युवा व्यवसायीहरुको सक्रियतामा स्थापना भएको सो सहकारीमा हाल सात हजार १ सय १० जना सदस्य र ८ करोड ५५ लाख शेयर पूंजीको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय