काठमाण्डाै - नेपालभरि रहेका ४८ वटा सिप्रदीका आधिकारिक सर्भिस सेन्टरमा कमर्शियल गाडीका लागि ग्लोबल सर्भिस क्याम्पकाे आयोजना गरिएकाे छ।

नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले ग्लोबल सर्भिस क्याम्प यही फाल्गुन ५ देखि १६ गतेसम्म बिहानको ९ः ३० देखि साँझको ५ः ३० सम्म सञ्चालनमा ल्याएको हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कम्पनीकाअनुसार टाटाका कमर्सियल गाडी धनीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्पको आयोजना गरिएकाे हाे । २८ मंसिरदेखि सुरु भएको ५ औँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिङ्ग क्याम्प हो।

सिप्रदीका कमर्सियल गाडीको ग्राहक सेवाका प्रमुख साम्देन छिरिङ लामाकाअनुसार ग्लोबल सर्भिस क्याम्प हाम्रा ग्राहकवर्गहरुलाई निकै नै लाभदायी साबित भएको र ग्राहकहरुको आग्रहमा टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पलाई तेस्रो चरणबाट निरन्तरता दिइरहेको जानकारी दिनु भयो।

याे सर्भिस क्याम्प १० दिनको भएको र अघिल्लो चरणको सर्भिस क्याम्प छुटाएका ग्राहकहरुलाई यस अवसरको फाइदा उठाउन उहाँले आग्रह गर्नु भएको छ। गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको यस ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्रलगायत नेपालका ४८ विभिन्न ठाउँहरुमा आयोजित गरिएको छ ।

यस ग्लोबल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवम् आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । लेबर चार्जमा २५५ छुट, निःशुल्क इन्जिन आयल टपअप, निःशुल्क इन्जिन आयल टपअप, टाटा जेन्यूइन स्पेयर पार्टसमा १०५ छुट, लुब्रिकेन्टस् मा १८५ छुट दिने टाटाले जनाएकाे छ ।

टाटा जेन्यूइन स्पेयर पार्टसमा ६ महिनाको वारेन्टीका साथै निःशुल्क ४७ प्वाइन्ट जाँच, निःशुल्क कम्प्युटर डाइग्नोसिस र सर्भिस क्याममा सहभागी ग्राहकहरुलाई निःशुल्क २०० रुपैयाँको मोबाइल रिचार्ज यो सर्भिस क्यामका आकर्षणहरु रहेका छन्।