काठमाण्डाै - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ ।नेपाली समयानुसार शुक्रवार बिहान पौने तीन बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो ।६ वटा पाङ्ग्रा भएको अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पुगेको हो । अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गर्नुअघि वैज्ञानिकले सबैभन्दा कठिन चुनौती मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नु नै रहेको बताएका थिए । अन्तरिक्षको यानकाे सफल अवतरणसँगै क्यालिफोर्नियामा रहेको कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले खुशी मनाएका छन् ।अन्तरिक्ष यानले मंगल ग्रहमा पहिले जीवन भए/नभएको अध्ययन गर्ने गर्नेछ । अहिलेसम्म मङ्गल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् ।
४७ करोड किलोमिटरको यात्रापछि अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण
सवालनेपालसंवाददाताशुक्रबार, ७ फागुन २०७७

४७ करोड किलोमिटरको यात्रापछि अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



