रामेछापमा विद्यार्थी बोकेको बस पल्टिएको छ।शुक्रबार बिहान पौने ८ बजे मन्थली नगरपालिका-१ मच्छेडाडीमा सेतीदेवी माध्यमिक विद्यालयको स्काउट विद्यार्थी बोकेको बस पल्टिएको हो।बा ५ ख २८५७ नम्बरको बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।मन्थलीबाट सालुस्थित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि जाने क्रममा बस पल्टिएको श्रेष्ठले बताए।'बस अत्यधिक गतिको कारणले पल्टिएको हो। अगाडिबाट ट्रयाक्टर आएको देखेपछि साइड लगाउने क्रममा पाखोमा अल्झेर सडकमै पल्टिएको हो,' प्रहरी निरीक्षक श्रेष्ठले भने।सो बसमा ५३ जना सवार थिए। १८ जना घाइतेमध्ये चार जनालाई भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा रिफर गरिएको छ। अन्यको अवस्था सामान्य रहेको उनले बताए।उनीहरूको रामेछापमै उपचार भइरहेको छ। ४० वर्षीय दुर्गा पौडेल, १७ वर्षीय दिलकुमार पाण्डे, १७ वर्षीया प्रतिक्षा घिमिरे र १६ वर्षीया स्वस्तिका काफ्लेलाई ठिमी अस्पतालमा रिफर गरिएको हो।उनीहरूको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए।प्रहरीले सवारी चालक गोकुलगंगा गाउँपालिका-४ का वीरेन्द्र बस्नेतलाई नियन्त्रणमा लिएको छ। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
रामेछापमा विद्यार्थी बोकेको बस पल्टिँदा १८ घाइते, चार मध्यपुर ठिमीअस्पतालमा रिफर
सवालनेपालसंवाददाताशुक्रबार, ७ फागुन २०७७

रामेछापमा विद्यार्थी बोकेको बस पल्टिँदा १८ घाइते, चार मध्यपुर ठिमीअस्पतालमा रिफर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



