एजेन्सी । म्यानमारमा सैनिक ‘कू’को विरोधमा उत्रेका प्रदर्शनकारीमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । शनिवार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।गोली लागेका एक जनाको घटनास्थलमै र अर्का व्यक्तिको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । गोली लागेर अन्य दर्जनौं घाइते भएका समाचारमा जनाइएको छ । यसअघि पनि प्रदर्शनकारीको एक र्यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो ।प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस, रबरको गोली र पानीका फोहोराले हानेको जनाइएको छ । सेनाले निर्वाचित सरकारलाई अपदस्त गरी नेतृ आङ साङ सूचीसहितका नेताहरुलाई नजरबन्दमा राखेपछि म्यानमारमा त्यसको विरोधमा चर्किएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।
म्यानमारमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु
सवालनेपालसंवाददाताआइतबार, ९ फागुन २०७७

म्यानमारमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



