९ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-४ मा ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका ८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् ।को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १, ०१-००१ क १० ३५ नम्बरको ट्रकले हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुवै सवारी साधनसहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।
कैलालीमा एक जनाको मृत्यु
यसैगरी कैलालीको कैलारी गाउँपालिका ३ मा गाडामा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका १९ का ४२ वर्षीय खगेन्द्र चौधरी छन् ।धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । शनिबार बेलुकी सवा ७ बजे गाडामा अनटेष्ट लेखिएको मोटरसाइकल ठोक्किएको थियो ।