काठमाडौं- साताको पहिलो दिन(आइतबार) नेपाली बजारमा सुनको मुल्य तोलामा ८०० रुपैंयाले बढेको छ ।

शुक्रबार प्रतितोला ८८ हजार २०० रुपैंयामा कारोबारमा भएको सुनको मुल्य आज तोलामा ८०० रुपैंयाले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तेजावी सुनको मुल्य ८८ हजार ५५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि २५ रुपैंया बढेर प्रतितोला १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । शुक्रबार चाँदीको मुल्य १३ सय ५ रुपैंयामा कारोबार भएको थियो ।