अभिनेता भुवन केसीसँगको प्रेम अफेयर र लिभिङ टुगेदर अनि ग्यादरिङका कारण सधैंजसो चर्चामा रहने अभिनेत्री जीया केसी दशैंमा भुवनको घरमा पुगेकी छिन् । जानकारीमा आए अनुसार जीयाले भुवनसँगै उनका पीताको हातबाट समेत टिक जमरा थापिन् ।

प्राप्त तश्विरले पनि जीया भुवनको घरमा पुगेको बोल्छ । जहाँ भुवन पुत्र अनमोल केसी पीता माता सहितको संयुक्त तश्विरमा जीया पनि अटाएकी छिन् । प्रेम स्विकार नगर्ने सधैँ मिल्ने साथीको रुपमा मात्र जीयालाई लिने भुवनमाथी दशैंको तश्विरले थप प्रश्न वब्जाएको छ ।
पछिल्लो तश्विरले भने जीया भुवन परिवारको सदस्य भईसकेको जस्तो बोल्छ । हेरौं भोलीको दिनमा भुवनले जीयाको बारेमा मिडियामाझ कसरी प्रस्तुत हुन्छन् सम्बन्धको बारेमा के बोल्छन् त्यो सोहि समयमा थाहा होला । तर कुटनीतिक जवाफ दिन माहिर भुवनले यो बारेमा पनि घुमाउरो जवाफले टार्नेमा भने शंका नहुनसक्छ ।


