दमक । पानीमा डुबेर झापाको कमल गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल गाउँपालिका वडा नं। ६ का सन्तोष भण्डारीका ६ वर्षीय छोरा सुयोग भण्डारीको डुबेर मृत्यु भएको हो । घर नजिकैको पोखरीमा डुबेर सिकिस्त भएका बालकको शुक्रवार राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रवार बेलुका बजेतिर हराएका बालकलाई राति ७ बजेतिर पोखरीमा डुबेको अवस्थामा फेला पारिएको र दमकको लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए । प्रहरीले घटनाका बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ ।
पोखरीमा डुबेर झापाको कमल गाउपालिकामा एक बालकको मृत्यु
सवालनेपालसंवाददाताआइतबार, ९ फागुन २०७७

पोखरीमा डुबेर झापाको कमल गाउपालिकामा एक बालकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



