काठमाडौंः गोरखामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्।आज बिहान सुलिकोट गाउँपालिका १ स्थित वारपाकमा घरभित्र नै तीन जना मृत अवस्थामा फेला परेका हुन्। बिहान घरमा मृत देखेपछि छिमेकी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय जौवारिबाट प्रहरी निरीक्षकको टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।बिहान अबेरसम्म पनि कोही नउठेपछि छिमेकी तथा आफन्तले ढोका खोलेर हेर्दा मृत देखेपछि प्रहरीलाई खबर गर्नु भएको थियो। हाम्रो थप टोली घटनास्थल तर्फ जाँदै छ,' एसपी गुरुङले भने।घरभित्र ८४ वर्षीय तिलबहादुर गुरुङ, १२ वर्षीय उषा गुरुङ र २१ वर्षीय आइतकुमारी गुरुङ मृत फेला परेका हुन्। उनीहरूको मुखमा फिँज काटेको देखिएको स्थानीय प्रहरीले जानकारी दिएको छ।'अहिलेसम्म घरमा उहाँहरू मात्र बसेको स्थानीयले जानकारी दिनुभएको छ। थप अनुसन्धानपछि खुल्ने छ,' एसपी गुरुङले भने।
गोरखामा एकै परिवारका तीन जना घरभित्र मृत फेला
सवालनेपालसंवाददातासोमबार, १० फागुन २०७७

गोरखामा एकै परिवारका तीन जना घरभित्र मृत फेला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



