रोग, बेरोजगारी र ढिलासुस्ती त नेपालको विशेषता नै भयो । त्यसमाथि थपिएको छ, बेरुजुमा कीर्तिमान ।आर्थिक अनियमितता बढ्दा देखिने रोग हो, बेरुजु । सरकारी खर्चमा वर्षेनी १६ देखि १७ अर्ब बेरुजु निस्किने हाम्रो मुलुकमा एउटै वर्ष यसचोटि त्यो ६ अर्बका दरले बढेर २३ अर्ब पुग्ने खतरा देख्दैछन्, महालेखाका हाकिमहरुले । ०७४ को स्थानीय तह निर्वाचनपछि गाउँ–गाउँमा ‘सरकार’ बने । तिनले काम पनि गरे । तर, कामभन्दा बढी आर्थिक अनियमितता गरे भन्ने तथ्यांक छ । सत्तारुढ दल विभाजित छ । देशका ७० प्रतिशत स्थानीय तहमा उही दलको वर्चस्व छ । कसले बढी मान्छे जम्मा पारेर आमसभा गर्ने भन्ने होडबाजी नै चलेको छ । र, मान्छे भेला पार्ने खर्च आएको छ कहाँबाट ? स्थानीय तहले विकासका विभिन्न शीर्षक देखाएर रकम निकासा गर्ने र खर्चचाहिँ पार्टीको पनि गुटका लागि मान्छे भेला पार्नेमा गर्दा यस्तो बेरुजु आएको बुझेका छन्, राज्यका लेखा परीक्षकहरुले ।त्यसमाथि प्रशासनिक विसंगति कस्तो भने, मुख्य मान्छे झमेलाबाट पन्छिनका निम्ति निमित्तलाई काम लगाउने । अनि, ती निमित्तले निहुँ खोज्यो कि कामबाट हटाउने वा हाजिरै नगराउने । यही भएर उपभोक्ता समितिबाट काम गराउने र खर्च बढी देखाएर आफ्नो खर्च चलाउने ।
आमसभा,होडबाजी जुलुशको पैसा कहाँबाट जुट्छ ?
सवालनेपालसंवाददातासोमबार, १० फागुन २०७७

आमसभा,होडबाजी जुलुशको पैसा कहाँबाट जुट्छ ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



