अन्दाजी ३३/३४ वर्षीया महिलाको मृत्यु।

ट्राफिक प्रहरीले चेकिङको क्रममा स्कुटर चालक महिलालाई रोकेर तान्दा लडेको र तीब्र गतिमा रहेको बसले ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।काठमाडौं। ललितपुरको जावलाखेल चोकमा ट्राफिकले चेकिङको लागि रोक्ने क्रममा स्कुटरबाट लडेकी महिलालाई बसले ठक्कर दिँदा मृत्यु भएको छ। मृतक महिलाको सनाखत हुन सकेको छैन।महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले स्कुटरको नम्बर यातायात व्यवस्था विभागमा पठाएर कसको नाममा स्कुटर दर्ता भएको र मृतक को हुन् भन्ने जानकारी लिन लागिएको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक सवार स्कुटर नम्बर प्र ३ - ०२-०१० प ५५८९ हो। घटनाको प्रत्यक्षदर्शीहरूका अनुसार ट्राफिक प्रहरीले तान्दा स्कुटरबाट महिला लड्न पुगेको र पछाडिबाट तीब्र गतिमा सवार बसले ठक्कर दिन पुगेको बताएका छन्।घटनाबारे सत्य तथ्य बुझ्न ५ जना प्रत्यक्षदर्शीहरूलाई समेत महागरीय प्ररही परिसरमा बोलाएको एसपी महर्जनले बताए। ठक्कर दिने बस चाहिँ बा २ ख ३५७४ नम्बरको हो। स्कुटर भैंसेपाटीतर्फ जाँदै थियो। मृतक महिलाको अन्दाजी उमेर ३३/३४ वर्ष हो। घटनापछि प्रहरीले बस चालकलाई भने नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको एसपी महर्जनले बताए।