गुल्मीमा केही दिन अघि घरमा मृत फेला परेका एक बृद्धको हत्याको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । फागुन ८ गते साझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ साबिक धोर्गा गाबिसको झमेरेपोखराका ८७ वर्षीय वृद्ध नन्दकुमार ज्ञवाली घरमा मृत फेला परेका थिए।प्रहरीले अनुसन्धानका क्रममा उनकी ४२ वर्षीया कान्छी बुहारी मनकला ज्ञवालीले हत्या गरेको आशंकामा पक्राउ गरि फागुन ९ गते अदालतमा म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार मृतकको टाउकोमा चोट छ ।त्यस वडाका वडाध्यक्ष शेषनारायण पौडेलसँग बुझ्दा एउटै घरको दुई अलग– अलग कोठामा ससुरा–बुहारी बस्ने गर्दथे । उनै बुहारीले नै जेठाजुमार्फत् ससुरा मृत फेला परेको जानकारी दिएकी थिइन् ।
गुल्मीमा ससुराको हत्या आरोपमा बुहारी पक्राउ
सवालनेपालसंवाददातामंगलबार, ११ फागुन २०७७

गुल्मीमा ससुराको हत्या आरोपमा बुहारी पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



