गुल्मीमा  केही दिन अघि घरमा मृत फेला परेका एक बृद्धको हत्याको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । फागुन ८ गते साझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ साबिक  धोर्गा गाबिसको झमेरेपोखराका ८७ वर्षीय वृद्ध नन्दकुमार ज्ञवाली घरमा मृत फेला परेका थिए।प्रहरीले अनुसन्धानका क्रममा उनकी ४२ वर्षीया कान्छी  बुहारी मनकला ज्ञवालीले हत्या गरेको आशंकामा पक्राउ गरि फागुन ९ गते अदालतमा म्याद थप गरी अनुसन्धान गरिएको  जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठले जानकारी  दिए । प्रहरीका अनुसार मृतकको टाउकोमा चोट छ ।त्यस वडाका वडाध्यक्ष शेषनारायण पौडेलसँग बुझ्दा एउटै घरको दुई अलग– अलग कोठामा ससुरा–बुहारी बस्ने गर्दथे । उनै बुहारीले नै जेठाजुमार्फत् ससुरा मृत फेला परेको जानकारी दिएकी थिइन् ।

‘खबर आएपछि त्यस दिन साँझ १० बजेतिर म पनि त्यस घरमा गएको थिए ।प्रहरीलाई बुहारीले खै के बयान दिइन् थाह भएन,’ वडाध्यक्ष पौडेलले भने ।उनका अनुसार आरोपित बुहारीका श्रीमान् भैरहवातिर नोकरी गरेर बस्ने गर्दथे । अहिले बाबूको काजकिरिया गर्न घर आएका  छन् ।मृतककी श्रीमती नभएका कारण ससुरा एक्लै बस्थे । बुहारीका एक  छोरा भारतमा छ्न् । चारवटी छोरीको विवाह भइ सकेको छ । घर एकान्तमा भएकोले झै झगडा सुन्ने पनि कोही नपाइएको वडाध्यक्ष पौडेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय