कञ्चनपुर– बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानिकी १७ वर्षीया भागरथी भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाले ५ लाख दिने भएको छ। बलात्कारपछि हत्या गरिएकी भट्टको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने दोगडाकेदार गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो।बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषि पत्ता लगाउन महत्तपुर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यबाद व्यक्त गरिएको गाउँपालिकाले जनाउको छ। उक्त घटनामा संलग्न दोषिलाई हदैसम्मको कारवाहीको माग समेत गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृतद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।यसअघि सुदूरपश्चिम प्रदेश सरकारले समेत भागरथीको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने निर्णय गरेको छ।





