काठमाडौं । लुटेराहरुले काठमाडौंका विभिन्न ठाउँमा घर तथा कोठाको ढोकाको ताला फुटाएर विभिन्न धनमाल लुटेका छन् ।काठमाडौं र ललितपुर जिल्लामा गरी लुटेराहरुले झन्डै १७ लाख रुपैयाँ बराबरको धनमाल लुटेका प्रहरीले जानकारी दिएको छ ।काठमाडौंको तार्केश्वर नगरपालिका-१० मनमैजु ठूलोइनारमा लुटेराहरुले कोठाको ढोकामा लगाइएको ताला फुटार ४ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल लुटेर लगेका प्रहरीले जानकारी दिएको ।ठूलोइनार नजिक डेरा गरी बस्ने ४५ वर्षीया रमिता बुढामगरको कोठाबाट ताला फोडी नगद २ लाख रुपैयाँ तथा सुनका बिभिन्न गहना समेत गरी करिब ४ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी प्रहरीले जानकारी दिएको छ ।

यस्तै, ललितपुरमहानगरपालिका-२ सानेपामा पनि लुटेराहरुले एउटा कोठाबाट १२ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल लुटेर लगेका छन् ।भक्तपुरको भक्तपुर नगरपालिका-६ घर सानेपा डेरा गरी बस्ने ३९ वर्षीया बिना नापितको कोठाबाट ताला फोडी करिब १२ लाख २३ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना मंगलबार दिउँसो चोरी भएको प्रहरीले जानकारी दिएको छ ।चोरीमा संलग्नहरु हाल फरार रहेका प्रहरीले जानकारी दिएको छ । चोरीमा संलग्न फरार व्यक्तिको खोजीका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय