देब्रे गोडामा नौवटा औंला भएको एक चिनियाँ व्यक्तिले अतिरिक्त औंला काट्नका लागि शल्यक्रिया गरेका छन् ।

अजुन नाम भएका ती व्यक्तिले बाल्यकालमा कसैसँग घुलमिल गरेरन् अनि युवतीलाई डेटिङमा लान पनि निकै लाज माने ।

यी २१ वर्षीय युवकले चप्पल पनि फालिदिए र मानिसहरूले उनलाई बेकामे तथा अपूर्ण भन्ने गर्थे ।

शल्यक्रियापछि भने उनको जीवन नवीकृत भएको छ । चिकित्सकहरूले उनका अतिरिक्त चार औंलाहरू काटेर मिल्काएका छन् ।

अजुनका अन्धविश्वासी मातापिताले औंला हटाउन चाहेका थिएनन् किनकि एक ज्योतिषीले त्यो शुभ संकेत भएको बताएका थिए ।

देउताको प्रसाद भन्दै आमाबुवाले औंला काट्न नदिएपछि उनले लामो समयसम्म कष्ट सहेर बस्नुपरेको थियो ।

युवा उमेर पुगेपछि दक्षिणी चीनको लुफेङ शहरका अजुनले औंला काट्ने निर्णय लिए ।

उनको शल्यक्रिया निकै जटिल भएको चिकित्सकहरूले बताए किनकि अतिरिक्त औंलाहरू जोल्ठिएर बसेका थिए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय