जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।उहाँका अनुसार आज बिहान पौने ६ बजेतिर मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना१ह ३४०८ नम्बरको सफारी रिक्सालाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो र चिकित्सकले डाक्टरले मृत घोषणा गरेका हुन् ।दुर्घटनापश्चात ट्रक चालक फरार छन् । उनको खोजी हुनुका साथै ट्रकलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार मृतक श्रेष्ठको शव हाल चुरेहिल अस्पतालमा रहेको र परीक्षणका लागि हेटौँडा अस्पताल लैजाने तयारी भइरहेको छ ।
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
सवालनेपालसंवाददाताबिहीबार, १३ फागुन २०७७

हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



