सुनसरी, फागुन-१३ गते । सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २५ बर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको छ । बुधबार मध्येराती पौने १२ बजे बराहक्षेत्र नगरपालिका -५ भरोल स्थितमा दक्षिण तर्फ जाँदै गरेको को१ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना३९प ५०७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटसाईकलमा सवार सोही स्थान बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामी र २५ बर्षीय डिगन गुरुङ गम्भिर घाईते भएका थिए । घाईते मध्ये डिगन गुरुङको घोपा धरानमा उपचारको क्रममा सोही राती पौने १ बजे मृत्यु भएको थियो भने कृष्ण राजधामीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिका बस्ने उदेश राई प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
बोलेरोको ठक्करबाट मोटरसाईकल यात्रीको मृत्यु
सवालनेपालसंवाददाताबिहीबार, १३ फागुन २०७७

बोलेरोको ठक्करबाट मोटरसाईकल यात्रीको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



