दशवर्षे युद्धमा थुप्रै नौंजवानहरुले वीरगति प्राप्त गर्नुभयो । थुप्रै नेपाली युवा र जनताहरु शहिद हुनुभयो । हजारौं आमाहरुका काख रित्तिए । चेलीहरुका सिन्दुर पुछिए । हजारौं बालबालिकाहरु टुहुरा भए । सयौं योद्धाहरु घाइते अंगभंग छन् । म सधैं सोच्ने गर्छु – २००७ सालदेखि २०३६ साल २०४६ साल १० वर्षे युद्ध, २०७३ सालका जनआन्दोलनहरु भए कति जनताको मृत्यु भयो, कति सेना राष्ट्रसेवक कति विद्रोही मरे, मधेस आन्दोलनमा, झापा विद्रोहमा कति मरे राजनितिक व्यवस्था परिवर्तन गर्ने र देश विकास गर्नै नाममा तर जनताले के पाए ? देशले के पायो ? देशले के गुमायो ? यस विचारमा हामीले पाउने भन्दा धेरै गुमायौं ।

देशले कालापानी गुमायो, देशले टनकपुर गमायो । हामीले कोशी गुमायौं , हामीले महाकाली गुमायौं । देशले मदन भण्डारी गुमायो, लोकप्रिय राजा विरेन्द्रको सपरिवार गुमायो । विराटनगर जुटमिल गुमायो । जनकपुर चरोट कारखाना गुमायो । हेटौडा सिमेन्ट उद्योग गुमायो र थुप्रै उद्योग कलकारखाना गुमायो । २०७२ बैशाख १२ को महाभूकम्पले गर्दा धराहरा र थुप्रै राष्ट्रिय सम्पदाहरु गुमायो । कति त भग्नावशेष अवस्थामै छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाम्रो राष्ट्रिय दिवस छैन , हाम्रो राष्ट्रिय पोशाक छैन । हाम्रो राष्ट्रिय खेल, राष्ट्रिय फूल , राष्ट्रिय जनावर, चिन्ह केहीको ठेगान छैन । हाम्रो भाषा खारेज गर्न खोजिदैछ । सच्चा नेपालीले अझै नागरिकता पाएका छैनन्त, तर ४० औ लाख नागरिकता चिया पसल , किराना पसलहरु पसल राखेर ५००, १००० रुपैयामा विक्रि भईरहेका छन्। एकथरि जनताले विश्वास गरेकाहरु सत्ता बाहिर हुँदा एक मधेश एक प्रदेश , सत्तामा पुगेपछि मधेसकै नाममै लुटेङ्गे हम देश गरिरहेका छन् ।


“नेता ज्यु तपाईहरुलाई हात्तीवन , गोदावरी , गोकर्ण रिसोर्ट बरावरकै घर बनाएर दिन्छौं । गाडि पजेरो , हवीस्की र पकेट मनी दिउँला , सपीङ पनि गर्दिउँला , छोराछोरी पनि पढाइदिउँला । कृपया आराम गर्नुस् सल्लाहकार भएर । आफ्नो जीवन चलाउन देश बबार्द नपारिदिनुस् , जाबो एउटा पेट त कुकुरले पनि पालेकै छ । सक्नुहुन्छ राम्रो गर्नुस् सक्नुहुन्न देश नेबेचिदिनुस् । हामीलाई परालका त्यान्द्रो, ढोडका लौरा जस्ता खुट्टा भएका नेताहरु चाहिएको होइन चट्टान र पत्थर जस्तो –त्यो पनि रुवि पन्ना क्वार्ज र मिनिरल्सहरु जस्तो बहुमुल्य , दृढ इमान्दार कर्तव्यनिष्ठ भिजनरी देशभक्त नेता चाहिएको हो ।”


अर्को थरी ४० लाख नागरिकता वालालाई देशको प्रधानमन्त्री, राष्ट्रपति, प्रधानसेनापति, आईजीपि बनाउनु पर्छ भनेर संविधान संशोधन प्रस्ताव ल्याउन खोज्दै छन् । यो देश त यस्तो बनाउन लागी सकेकी एउटा सिङ्गै खसिको शुकुटि काटेर, फिला काटेर, कलेजो काटेर, टाउको काटेर वेचे जस्तो । कहिले खोला बेच्ने, कहिले नागरिकता बेच्ने, कहिले हिमाल बेच्ने , कहिले लुम्विनि वेच्ने अनि काँक्रो चिरा पारेर भाग लगाएर खाए जस्तो । यहाँ देखि यहाँसम्म तेरो, यहाँ देखि यहाँ सम्म मेरो । एउटा भन्छ–झापा मोरङ्ग सुनसरी हुन ।

अर्को भन्छ कैलाली कञ्चनपुर हुन दिन्न मेरो रे । के नेपाल चै उनीहरुको बाउबाजेको विर्ता जस्तो हो ? केही समय पहिला प्रायः नेताहरु हात्तिछाप चप्पल र गोलीस्टार जुत्तामै हुनुहुन्थ्यो । २–४ वर्ष ५–६ वर्षको विचमा न तपाईहरुले कुनै जागिर खानुभएको छ न त कुनै उद्योग बन्द व्यापार नै गर्नु भएको छ । तपाईहरु केबल फूल टाइमर पोलिटिसियन हुनुहुन्छ । तपाईहरु पूर्णत बेरोजगारी हुनुहुन्छ ।

यहाँ व्यापार व्यवसाय गर्ने मान्छेलाई भाडा र बैङ्कको व्याज तिर्न मुस्किल छ । तपाइ बेरोजगारहरुको राजनिति गरेकै भरमा कसरी त्यत्रो महल बन्यो ? कसरी त्यति महगो गाडि आयो ? खानपान , भोजमस्ति कसरी त्यत्रो परिवर्तन आयो एकाएक रातारात तपाईहरुको जीवनमा ? त्यो हामीले थाहा पाउनुपर्छ की पर्दैन ? त्यसको छानविन हुनुपर्छ कि पर्दैन ? तपाइहरु असल र इमान्दार हुनुहुन्छ भने म चुनौति दिन्छु भ्रष्टचारीको सम्पूर्ण सम्पति राष्ट्रियकरण गर्ने र भ्रष्ट्रचारीलाई टुडिखेलमा झुण्डाएर फाँसिलिने संविधान संशोधन प्रस्ताव लैजानोस र तपाइहरुको आम्दानी खर्च , जायजेथा र सम्पत्तिको निस्पक्ष छानविन गर्ने अधिकार जनतालाई दिनुस् ।

संविधान संसोधन प्रस्ताव लैजाने भए ७ वर्षमा हामीले ८ वटा प्रधानमन्त्री बेहो¥यौ गरिव पिछडिएका दलित , उत्पीडित, जनजाति सोझो सिधा जनताको समानूपातिकको नाममा आफूना श्रीमती , साला, साली , छोराछोरी बुहारी र खनखनी करौडौ पैसा लिएर व्यापारीहलाई संसद मन्त्री बनाएको देख्यौं । त्यसको अन्त्य गर्दै प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुखकको व्यवस्था गर्ने प्रस्ताव लैजानुस् । यो देश कसैको विर्ता र पौरखले होइन । पृथ्वीनारायण शाह र नेपाली सेनाले २२ र २४ राज्यहरुको एकिकरण गर्दै बनाएको चार जात छत्तिस वर्णको साझा फुलबारी हो ।

https://www.youtube.com/watch?v=tOeTD_uzUnQ

नेपाल कहिल्यै कसैको उपनिवेश भएन । कसैको गुलाम भएन हिन्दुस्तान , अमेरीका , फान्स वा अन्य देशहरु जस्तो कसैको साम्राज्यमा कहिल्यै शासित भएन नेपाल । हामीले अरुलाई इज्जत, सम्मान गर्न जानेका छौं तर कसैसँग झुक्ने र, लत्रिने नेपालीको चरित्र होइन । आधा विश्वभन्दा वढिलाई शासन गर्ने अंग्रेजीहरुलाइ पनि परास्त गर्ने ७३ वर्षिय भक्ति थापा , वलभद्र कुवर , अमरसिंह थापा र भिमसेन थापाका सन्तति हौं हामी । विश्वभरि गोर्खाली भनी नाम कमाएका छौँ , बहादुरीताको ।

सुब्बा खरदार बन्न एसएलसी पढेको हुनुपर्छ , आर्मी पुलिसमा जान हाइट, छाती कति भन्ने हुन्छ । अधिकृत बन्न स्नातक पढेको हुनुपर्छ । तर देश चलाउने निति नियम बनाउने चाहि बाह्रखरी पनि राम्रो नजान्ने भए पनि हुन्छ ? संशोधन प्रस्ताव लैजाने हो भने संसद मन्त्री, प्रधानमन्त्री बन्ने व्यक्तिको कम्तीमा स्नातक, स्नाकोत्तर वा सम्वन्धित विषयमा विज्ञता हासिल गरेको हुनुपर्ने प्रस्ताव लैजानुहोस् ।

संसोधन प्रस्ताव लैजाने भए प्रधानमन्त्री कै कुर्सिमा मर्न खोज्ने, पार्टी अध्यक्ष मै मर्न खोज्ने परिपाटिको अन्त्य गर्दै रोगी र बयोवृद्ध नेता ज्यूहरु घरमै बस्ने राम्रोसँग उपचार गर्ने आराम गर्ने , धर्मकर्ममा लाग्ने र नयाँ उत्साह उमंग भएका युवाहरुलाई सल्लाह, सुझाव दिएर अनुभव सेयर गरेर संरक्षक भएर बस्ने प्रस्ताव लैजानुस् । तपाईँहरु देशलाई बर्बाद बनाउने हामी जस्ता ४० औं लाख युवा चाहिँ खाडीको को ५०, ५५ डिग्रिको तापक्रममा बसेर काम गर्नुपर्ने ? हामी अरवमा भेडा चराउनुपर्ने अनि त्यहि हामीले पठाएको रेमिटेन्सको र हाम्रा सोझा दाजुचाई दिदिबहिनीको करबाट उठाएको पैसाले तपाइहरुको विदेशमा उपचार गराइदिनुपर्ने ? रुकुम रोल्पा , कणार्ली जाजरकोटका जनताहरु सिटामोल किन्न नसकेर, औषधि किन्ने पैसा नभएर आत्महत्या, जीवनजल खान नपाएर झाडापखला , निमोनिया , खान नपाएर कुपोषणले मर्नुपर्ने अनि नेता ज्यूहरुलाई हाछ्यु आएपछि भारत , पेट दुखे सिङपुर , टाउको दुखे अमेरिका लगेर उपचार गराउनुपर्ने । अलि पढेका युवाहरु देशको भविष्य अन्धकार देखेर क्यानडा , जापान , अमेरिका , अष्ट्रेलियाका दूतबासहरुमा पासर्पोट बुझाउनुपर्ने ? मेरा किसान बाबुआमाले एकबोरा मल र विउ विजन लिन महिनौ भौतारिनुपर्नै ? कर्मचारी युनियनको निर्वाचनमा काँग्रस यति सिट , एमाले यति सिट , माओवादी यति सिट भन्ने ।

एउटा खरदारले सचिवको सरुवा गर्छ , कर्मचारी पार्टीका छन् की देशका सक्षम र इमान्दार ? कर्मचारीहरु दोधारमा छन् । हाम्रो करको पैसाले तलब खाने काम पार्टीहरुको गर्ने ? हामीले नारायणहिटी राजरबारमा भएको अधिकार दिल्ली दरवार , वेइजिङ दरवार वा न्यूर्योक दरवार वा बेलायत प्यालेसमा दिन आन्दोलन गरेका होइनौं । हामीेले त त्यो अधिकार मेचि महाकाली पुगोस् , रुकुम रोल्पा हुम्ला जुम्ला कर्णाली पुगोस् । विकास परिवर्तन र सम्वृद्धिको रापताप हरेक किसान , मजदुरको घरघरमा झुपडिमा चूलोमा पुगोस भनेर गरेका हौं । हुन त हामी पनि मुर्ख हौं । हामी बालुवाटारवाट तेलको अपेक्षा गर्छौ । २०७२ बैशाख १२ गतेको भूकम्पले जनता घरवार विहिन भएर खुल्ला आकाश मुनि भए । सुत्केरी, वृद्धवुद्धा वालवालिका विरामीको विजोग थियो ।

जनताप्रतिनिधिहरु लाजै नमानी संसदभवन १–१ वटा त्रिपाल काखी च्यापेर मुसुमुसु हास्दै घरतिर लाग्नुभो । अहिलेपनि लाखौ नेपाली घरविहीन छन् । पहिला किस्ताको ५० हजार पाएका छैनन्, नाकाबन्दीको भारले पु¥याको घाउ निको भएको छैन नेताहरुलाइ सरकार फेर्न र उहि सत्ताको खेल खेल्नै ठिक एउटा पाल त नछोड्ने संसदले डब्बल तलब बनाउन के छोड्थे ? इज्जत लाज हुनेर्ला पो जनतको लाज हुन्छ इज्जत नै नभएकालाई के को लाज ? यहि पाराले त उहाँहरुलाई गाविस अध्यक्ष बन्न पनि योग्य देखिन्न । विश्वको जल स्रोतको दोस्रो धनी देश नेपाल तर लोडसेड्गि मुक्त गर्न भारतबाट विजुली किन्ने रे । हातमा सलाई लिएर आगो खोज्न हिड्ने हामी ? त्यसकारण विकास र सम्वद्धी तर्वमान नेतृत्वबाट सम्भव छैन । हामी उहाँहरुलाइ गाली पनि नगरौ तर, उहाँहरुमा श्रीमति कार्यकर्ता, साथीहरुलाई जागीर खुवाउने , छोराछोरीलाई स्कलरसिपमा पढाउने , घर बनाउने गाडि चढ्ने ,पैसा कमाउने बाहेको क्षमता वा सपना भन्दा केहि छैन ।

उहाँहरुलाई हालसम्मको योगदानको लागी धन्यवाद ज्ञापन गरौ र सबै भएर भनौं हामी तपाईहरुलाई हात्तीवन , गोदावरी , गोकर्ण रिसोर्ट बरावरकै घर बनाएर दिन्छौं । गाडि पजेरो , हवीस्की र पकेट मनी दिउँला , सपीङ पनि गर्दिउँला , छोराछोरी पनि पढाइदिउँला । कृपया आराम गर्नुस् सल्लाहकार भएर । आफ्नो जीवन चलाउन देश बबार्द नपारिदिनुस् , जाबो एउटा पेट त कुकुरले पनि पालेकै छ । सक्नुहुन्छ राम्रो गर्नुस् सक्नुहुन्न देश नेबेचिदिनुस् । हामीलाई परालका त्यान्द्रो, ढोडका लौरा जस्ता खुट्टा भएका नेताहरु चाहिएको होइन चट्टान र पत्थर जस्तो –त्यो पनि रुवि पन्ना क्वार्ज र मिनिरल्सहरु जस्तो बहुमुल्य , दृढ इमान्दार कर्तव्यनिष्ठ भिजनरी देशभक्त नेता चाहिएको हो । देश निमाण हामी सबैको साझा दायित्व हो।

(‘राष्ट्र निर्माणमा आमनागरिकको भूमिका विषयक’ कार्यक्रममा नागरिक समूहका अध्यक्ष निगम हुमागाईंको मन्तव्यको सम्पादित अंश जिष्टखबर र नया बाटो बाट)