माया गर्ने जोडी का लागी होस् वा विवाहित जोडी दुबैका लागी चुम्बन महत्त्वपूर्ण मानिन्छ । विशेष गरी जोडीका लागी प्रेमलाई प्रस्ट्याउन वा प्रेमको निशानीका रूपमा चुम्बनलाई मान्ने गरिन्छ ।चुम्बनले मा’नसिक स्थिरताका साथै शारीरिक सामिप्यता समेत बढाउँछ । तर चुम्बन गर्ने हरेक पटक माया साट्ने विकल्प मात्र नभई रोग भित्र्याउने कारण पनि बन्न सक्छ । तसर्थ चुम्बन गर्दा केही कुरामा ख्याल गर्नुपर्छ ।
विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२. मुख वा गिजासम्बन्धी रोग :यदि कोही मानिसमा मुख वा गिजामा कुनै सङ्क्रमण वा रोग छ भने चुम्बनको माध्यमबाट यो रोग सर्ने गर्दछ । कतिपय अवस्थामा चुम्बनले जिब्रोको समेत रोग हुने खतरा हुन्छ ।

३. खटिरा : मुखमा खटिरा आएको छ भने त्यस बेला उक्त मानिसलाई चुम्बन गरेमा पनि खटिरा सर्न सक्छ । खटिरा आफैमा सरुवा रोग भएकाले चुम्बन गर्दा पार्टनरमा सर्ने सम्भावना हुन्छ ।

४. श्वासप्रश्वास सम्बन्धी रोग : श्वासप्रश्वास सम्बन्धी समस्या वा रोग भएका व्यक्तिलाई चुम्बन गर्दा पार्टनरमा पनि यो रोग सर्न सक्छ । अर्थात् ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोग भएका व्यक्तिलाई चुम्बन गरेमा पार्टनरमा यी रोग सर्ने उच्च खतरा हुन्छ ।

५. फोका/ठेउला : केही मानिसमा ओठमा फोका वा ठेउला आउने गर्दछ । फोका वा ठेउला आएको बेला पार्टनरलाई चुम्बन नगर्नु बेस हुन्छ । अन्यथा उक्त फोका वा ठेउला सर्ने जोखिम हुन्छ ।