
बालबालिका हुर्काउन रमाइलोका साथै समस्या पनि हुने गर्छ । कहिलेकाहीँ बालबालिका एक्कासी बिरामी पर्दा सहजै अस्पताल लैजान सक्ने अवस्था पनि नहुन सक्छ ।बालबालिकाले पेटमा समस्या हुँदा या अन्य कारणले वान्ता गर्ने सम्भावना हुन्छ । यस्तो बेलामा कसरी वान्ता रोक्ने? यसबारेमा जान्नुहोस्:
– अमलाको बीउ, चामलको पानी र सिधेनुनको चूर्ण महसँग चटाउनाले बालकले दूध उल्टी गर्न ठीक हुन्छ ।
– कटियालीका फलहरुको रस, पीपलामूल, चव्य, चिक्रक र सुठोको चूर्ण मधुसँग चटाउनाले बालकको दूध उल्टी रोकिन्छ ।
– एक चम्चा अदुवाको रस, एक चम्चा कागतीको रस, एक चम्चा पुदिनाको रस, एक चिम्टी विरेनुन, एक चौथाई सखर यी सबैलाई मिलाएर पिलाउनाले उल्टी बन्द हुन्छ ।
– एक गिलास पानीमा आधा कागतीको रस, त्यसमा एक चिम्टी नुन तथा चिया चम्चाको एक चम्चा चिनी हालेर पिलाउनाले पानीको कमीले गर्दा उल्टी बन्द हुन्छ ।