चितवन , फागुन १७ - चितवनको माडीमा जंगली निलगाईको आक्रमण बाट एक जनाको ज्यान गएको छ । माडी नगरपालिका वडा नं ६ स्याउलीबासका ५० बर्षिय वीर बहादुर तामाङको निलगाइ को आक्रमण बाट ज्यान गएको हो । आज बिहान सोमेश्वर सामुदायिक वनभित्र बालुवाबाँध भन्ने स्थानमा घाँस तथा कुचो काट्न गएको बेला निलगाईले आक्रमणबाट घाइते भै उनको मृत्यु भएको हो । आज बिहानै स्थानीय अन्य ४ जना ब्याक्ती सहित वन गएको तामाङका परिबारले बताएका छ्न ।उनको शव घटनास्थलमा नै रहेकोले प्रहरी तथा स्थानीयबासीहरु घटना स्थल तर्फ गएको जनाइको छ । घटनाको िवस्तृत िववरण आउन बाकी रहेको छ ।