काठमाडौं- सामान्यतया हाम्रो शरीरले हामीलाई सम्पूर्ण किसिमका रोगहरुको बारेमा संकेत दिइरहेको हुन्छ ।यद्यपि, मानिसहरु त्यसलाई देखेर अथवा थाहा पाएर पनि वेवास्ता गर्छन् ।त्यस्ता संकेतहरुमा यदि तपाईंले समयमा नै ध्यान दिनु भयो भने रोग लाग्ने खतरा कम हुन्छ ।यद्यपि, त्यस्ता संकेतको पहिचान गरेर तपाईंले आफ्नो स्वास्थका बारेमा अनुमान लगाउन सक्ने कुरामा चिकित्सकहरु समेत सहमत भएका छन् ।
यूरीन/पिसाव :तपाईंले शौचालय जाँदा कहिले आफ्नो पिसावलाई नियालेर हेर्नु भएको छ रु पिसावको रंगले पनि तपाईंको स्वास्थको बारेमा बताउन सक्छ । चिकित्सकहरुका अनुसार पिसावको रंग सामान्य रुपमा हल्का पहेंलो हुनु पर्छ । यसका साथै पिसावबाट कुनै दुर्गन्ध आएको छ कि भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ ।
फोहोर नङ:ओठ जस्तै नङले पनि तपाईं स्वास्थ हुनु हुन्छ कि छैन भन्ने कुरा संकेत गर्छ । हात–खुट्टाको नङमा अनौठा धर्सा, निशान अथवा त्यसको रंग परिवर्तन तपाईं अस्वस्थ भएकोतिर संकेत गर्छ । नङको रंग सधैं रातो हुनु पर्छ । शरीर कुनै पनि गम्भीर रोगको चपेटामा त छैन भन्ने कुरा नङसंग सम्बन्धित संकेतले थाहा पाउन सकिन्छ ।
कम उचाई:तपाईंले मानिसको उचाई बढेको बारेमा सुन्नु भएको होला, तर के तपाईंले कहिले उचाई घटेको बारेमा सुन्नु भएको छ रु प्रायस् मानिस यस बारेमा सोच्दैनन् । तर वास्तवमा हाम्रो उचाई घट्न पनि सक्छ । वास्तवमा हड्डिसंग सम्बन्धित एउटा समस्या छ । हामी यहाँ त्यस्ता थोरै मानिसहरुको बारेमा कुरा गरिरहेका छौं, जसको उचाई प्रोटीन र क्याल्शियम जस्तो महत्वपूर्ण पोषक तत्वको कमिका कारण घट्छ ।
बडी फ्याट पर्सेन्टेज:एउटा स्वास्थ शरीरका लागि बडी फ्याट पर्सेन्टेज सन्तुलित हुनु अति नै आवश्यक छ । बडी फ्याट पर्सेन्टेज बढ्नुको अर्थ तपाईंको शरीरमा लीन टिश्यूबाट धेरै फ्याट टिश्यू बनिरहेको छ, जसका कारण मांसपेशि कमजोर हुन्छ । रनिङ, वाकिङ अथवा कुनै पनि किसिमको शारीरिक गतिविधि नहुनका कारण यस्ता समस्या बढ्छ ।
मुखको दुर्गन्ध:गीजामा सूजनका कारणले प्रायस् मुखबाट दुर्गन्ध आउन थाल्छ । तर, के तपाईंलाई थाहा छ, तपाईंको मुखबाट आउने दुर्गन्धको सम्बन्ध तपाईंको इम्यून सिस्टमसंग पनि हुन्छ भन्ने कुरा ? मुखबाट दुर्गन्ध नआउनुको अर्थ तपाईंको इम्यून सिस्टम एकदम दुरुस्त छ भन्ने हुन्छ ।
खुट्टा सूजन:रेडबुकको एउटा रिपोर्टका अनुसार शरीरको तल्लो भाग अर्थात खुट्टाहरुमा सूजन थाइराइड, किड्नी अथवा मुुटु सम्बन्धि समस्याको कारेमा बताउन सक्छ । उक्त सूजन शारीरिक गतिविधिहरुका कारणमात्र हुन्छ भन्ने छैन ।
सुख्खा ओठ:हामीले कतिपय त्यस्ता मानिसहरु देखिरहेका हुन्छौं, जो आफ्नो ओठ सुख्खा भयो भन्दै ओठमा प्रायस् लिप बाम लगाइरहेका हुन्छन् । ओठ सधैं सुख्खा भैरहनु कुनै ठूलै समस्याको संकेत हुनसक्छ । चिकित्सकहरुका अनुसार ओठ फुट्ने समस्या शरीरमा भिटामिनको कमी हुनुका कारणले हुन्छ ।
निद्रा:के तपाईं राति पुरै सुत्न सुक्न हुन्छ ? मानिसको निद्रामा स्वास्थ्यसंग सम्बन्धित थुप्रै कुराहरु लुकेका हुन्छन् । गलत तरिकाको खानपिन, अत्यधिक कफीनको सेवन अथवा शरीरबाट पर्याप्त इनर्जी ननिस्कने कारणले स्लिपिङ डिसअर्डर अर्थात निद्रासंग सम्बन्धित समस्या पैदा हुन्छ, जुन तपाईं अस्वस्थ हुनु हुन्छ भन्ने कुराको ठूलो संकेत हुनसक्छ ।
शरीरको तापक्रम:हात–खुट्टा सधैं चिसो भैरहनु सामान्य कुरा होइन । सामान्यतया मौसमको तापमानको हिसाबले नै हाम्रो शरीरको तापक्रम परिवर्तन हुन्छ, यद्यपि यदि तपाईंले लगातार आफ्नो शरीरको तापक्रम कम भएको महसुस गर्नु भएको छ भने त्यो कुनै गम्भिर समस्याका कारण हुन्छ । हात–खुट्टा लगातार चिसो हुनु शरीरमा ब्लड सर्कुलेशनको समस्याको कारणले हुन सक्छ । तपाईंको शरीरका ती अंगहरुसम्म पर्याप्त रक्त प्रवाह नहुनु नै यो समस्याको कारण हुनसक्छ ।
छालामा खराबी :छालाको गुणस्तरबाट मानिसको स्वास्थ्यको स्तरलाई पहिचान गर्न सकिन्छ । सामान्यतया केही मानिसहरुमा दादको समस्या हुन्छ, यद्यपि छालासंग सम्बन्धित यी समस्याले तपाईं अस्वस्थ हुनु भएको संकेत गर्दछन् । खराब डाइटले तपाईंको छालाको गुणस्तर खराब हुनसक्छ । यदि तपाईंले छालामा केही अनौठा दागहरु देख्नु भयो भने केही कुरा गलत भैरहेको छ भन्ने बुझ्नु पर्छ ।



