निद्रामा जो कोही व्यक्तिले पनि सपना देख्छन् । आफूले देखेको सपनाको बारेमा मानिसहरु प्राय चिन्तित हुने गर्दछन् । सपनाको धार्मिक मान्यता अनुसार एक विशेष फल प्राप्त हुन्छ । पहिल-पहिला सपना पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिमा पनि अनुसन्धानको विषय बनिसकेको छ ।
थाहा पाई राखौँ कस्तो सपनाले कस्तो फल दिन्छ ः
बाख्रा देख्नु - शत्रुको डर ।
पहाड हल्लिएकाे देख्नु - विरामी हुने डर ।
वर्षा देखेमा - सुख र प्रशन्नता प्राप्त हुनु ।
घोडा देखेमा - संकट नाश हुनु ।
जंगल देखेमा - दुःख नाश र विजय ।
आकाशमा उड्नु - टाढाको यात्रा गरिन्छ ।
पानी पर्नु - जालझेलमा फस्नु वा बिरामी पर्ने ।
जमिनमा जोतेको देख्नु - हेरक काम पूरा हुनु ।
इनारबाट पानी निकाल्नु - आम्दानीमा वृदि्ध ।
रगतको वर्षा देख्नु - देशमा कुनै घटनाहरु घट्नु ।
हत्या हिंसा देख्नु - सौभाग्य वृदि्ध ।
बलेको दियो देखेमा - आयु वृदि्ध हुनु ।
बिरालो देखेमा - चोरी हुनु,शत्रु बढ्नु ।
कन्या देख्नु - धन वृदि्ध ।
मरेको मान्छेसँग कुरा गरेमा - मनोकांक्षा पुरा हुनु ।
घर बनाएको देखेमा - प्रसिद्ध प्रापि्त ।
जुवा खेलेको देख्नु - व्यापारमा लाभ ।
आँखामा गाजल लगाउनु - शारीरिक कष्ट ।










