काठमाण्डौ – उज्यालो मल्टिमिडियाले तयार पारेको वृत्तचित्र ‘मरिसकेको मान्छे’ अब युट्युबमा हेर्न पाइने भएको छ ।

उज्यालोको युट्युब च्यानल उज्यालो टीभी र हेर्ने कथाको युट्युब च्यानलमा यो वृत्तचित्र हेर्न सकिने छ । ‘मरिसकेको मान्छे’ मरे भनेर काजकिरिया भइसकेका तर जिउँदै फर्केका र बाँचे भनेर आश गरिएका मानिस पहिले नै मरेको मानिसको कथा हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वको मोरङ र पश्चिमको बागलुङका अपरिचित दुई परिवारलाई साउदीमा भएको एक सडक दुर्घटनाले एकै ठाउँमा भेटाउँछ । दुर्घटनामा एक परिवारले आफन्त गुमाउँछन् । तर लास साटिँदा दुवै परिवारले आफन्त गुमाउनुको पीडा भोग्नुपर्छ ।

मरिसकेको भनेका मानिस जिउँदै जहाज चढेर घर फर्किन्छन् भने जिउँदै छन् भनेका मानिसको आफन्तले लाससमेत देख्न पाउँदैनन् । आफन्त गुमाउँदाको पीडा र मरिसकेको मानिस फेरि फर्किएर आउँदाको खुसी यो वृत्तचित्रमा देखाइएको छ ।

यो वृत्तचित्रमा समेटिएका विषय उज्यालो अनलाइनमा सन्जिता देवकोटाले लेख्नुभएको हो भने हेर्ने कथाका विद्या चापागाईँ र कमलकुमारले वृत्तचित्रको निर्देशन गर्नुभएको हो । यो वृत्तचित्रले १५ औँ काठमाण्डौ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा ‘नेपाल पानारोमा बेस्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।

https://youtu.be/i6xinvpwMRs