ललितपुरको एकान्तकुनामा बुधबार बिहान जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरकै बागडोलमा बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल छिन् । उनी कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिइन् ।बिहान सवा ५ बजे कलेज जाने क्रममा बाटो पार गर्दै गरेकी दाहाललाई स१ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै पाटन अस्पताल लगिएकी उनको अस्पतालमै मृत्यु भएको हो ।जिपसहित चालक प्रविन गिरीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच दाहालको मृत्यु भएपछि कोटेश्वर बहुमुखी क्याम्पसका एकान्तकुना क्षेत्रमा प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय