सिंहासनमा बस्न चाहनेका लागि अचम्मको खबर सार्वजनिक भएको छ ।

रूसको राजधानी मस्कोको एक आर्ट म्यूजियममा २.५ इन्च बुलेट प्रूफ ग्लासको सिंहासन बनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसमा १ लाख डलर भन्दा बढी रकम राखिएको छ ।

सिंहासनमा बस्नका लागि मानिसहरूलाई २९ नोभेम्बरदेखि खुला गरिएको सञ्चार माध्यमले जनाएको छ ।

यस सिंहासनको नाम एक्स् १० मनी थ्रोन राखिएको छ । रूसी पप कलाकार अलेक्सी सर्गीयेंकोले उद्यमी इगोर राइबाकोवको सहयोगमा सिंहासन बनाएका हुन् ।

सिंहासनमा मानिसहरूलाई बस्नको लागि बोलाउनुको मुख्य उद्देश्य पैसाको शक्ति महसुस गराउनु भएको बताइएको छ । एजेन्सी