आजकल धेरै मानिसमा रक्तचाप सम्बन्धी रोगहरु देखा पर्दछ । तर कतिपयले भने रक्तचापको समस्यालाई गम्भिरतापूर्वक लिदैनन् । झन् लो ब्लड प्रेसरलाई त मानिसले हाइ ब्लड प्रेसर जस्तो गम्भिर मान्दैनन् । तर लो ब्लड प्रेसरको समयमा उपचार भएन भने गम्भिर समस्या आउन सक्छ ।

के हो लो ब्लड प्रेसर ? सामन्यतया रक्तचाप १२०–८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९०–६० वा त्यो भन्दा कम भयो भने यसलाई लो ब्लड प्रेसरको समस्या भनिन्छ । लो ब्लड प्रेसर हुन कारण निम्न छन् :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१. गर्भवती अवस्था गर्भवती अवस्थामा महिलामा ब्लड प्रेसर लो हुन्छ । तर, यो अवस्थामा प्रेसर लो हुनु सामान्य हो । बच्चा जन्मभएपछि रक्तचाप सामन्य अवस्थामा आउँछ । यदि त्यसपछि पनि प्रेसर सामान्य भएन भने चाहिँ यसको उपचार गराउनु पर्दछ ।

२. मुटुको समस्या यदि मुटुको भल्भमा समस्या, हृदयघात वा हृदयसम्बन्धी रोग छ भने यो अवस्थामा पनि ब्लड प्रेसर लो हुनसक्छ । यस्तो अवस्थामा नियमित प्रेसर परीक्षण गराई चिकित्सकको परामर्श लिनुपर्दछ ।

३. इन्डोक्राइन समस्या थाइराइड, रक्तअल्पता, लो ब्लड सुगर र मधुमेहमा पनि रक्तचाप न्युन हुनसक्छ ।

४. डिहाइड्रेसन शरीरमा पानीको मात्रा अपुग हुँदा न्युन रक्तचापको समस्या देखापर्न सक्छ ।

५. रक्तश्राव चोटपटकको कारण रक्तश्राव भएमा पनि अचानक शरीरमा रक्तचाप न्युन हुन सक्छ ।

६. पोषणको कमी शरीरमा भिटामिन बि १२ र आइरनको कमीले एनीमिया हुन्छ । यसले गर्दा शरीरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्दैन र ब्लड प्रेशर लो हुन्छ ।

७. औषधी उच्च रक्तचाप, मुटुरोग, पार्किसन्स, डिप्रेसनको धेरै औषधी सेवन गर्दा पनि रक्तचाप न्युन हुनसक्छ ।

८. अन्य यस अलावा अन्य बिभिन्न कारण जस्तै, चक्कर आउँदा, डेँगु मलेरिया, वा कुनै डरलाग्दो दृश्य देख्दा, तनावका कारणले पनि रक्तचाप न्युन हुनसक्छ ।

लो ब्लड प्रेसरका लक्षणहरु : – कमजोरी महशुस हुनु – रिंगटा लाग्नु – धेरै तिर्खा लाग्नु – दृष्टि धमिलो हुनु – थकान लाग्नु – छालामा पहेंलोपन देखिनु – शरीर चिसो हुनु – छिटो छिटो सास बढ्नु

के लो ब्लड प्रेसर खतरायुक्त हुन्छ ?

न्युन रक्तचाप आफैमा खतरायुक्त भन्दा पनि यसले स्वास्थ्यमा गम्भिर समस्या निम्याउने क्रमश उपचार नभएको अवस्थामा भने बिस्तारै खतरा हुन्छ । लो ब्लड प्रेसरबाट हुने खतरा निम्न हुन् :

– यसले स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ – गर्भावस्थामा रक्तचाप नियन्त्रण भएन भने बच्चालाई जोखिम हुन्छ – लो ब्लड प्रेसरकै कारणले मनोभ्रम, ब्रेन डिसअर्डर, मृगौला रोग लाग्न सक्छ – लो ब्लड प्रेसरका चक्कर आएर मानिस बिरामी हुनसक्छ – रगतमा संक्रमणको संभावना बढ्दै जान्छ

लो ब्लड प्रेसरबाट कसरी बच्ने ? – लो ब्लड प्रेसर भएमा केही बढि मात्रामा नुनको सेवन गर्ने । – नुनको सेवन मन पर्दैन भने सोया सस सेवन गर्ने । – प्रसस्त मात्रामा पानी पिउने । – मदिराजन्य पदार्थबाट टाढै रहने । – धेरै बेर उभिएर काम नगर्ने । – लामो समयसम्म बसेर अचानक नउठ्ने । – नियमित योगा, व्यायाम गर्ने । – खानामा कार्बोहाइड्रेडयुक्त खाना कम गर्ने । – पर्याप्त निदाउने । – नियमित केही घण्टाको अन्तरालमा थोरै थोरै खाना खाने ।

लो ब्लड प्रेसर भएमा उपयोगी केही घरेलु टिप्स १. १०/१५ वटा किसमिसलाई रातभर भिजाएर बिहान एक एक किसमिश चपाएर खाने र प्रसस्त पानी पिउने । २. ७/८ वटा बदाम रातभर भिजाएर बिहान त्यसलाई पिसेर दुधसँग सेवन गर्ने । ३. १० वटा तुलसीको पातको रसमा १ चिया चम्चा महमा मिलाएर खाली पेटमा खाने । ४. हरेक दिन ब्ल्याक टि पिउने, यसले रक्तचाप बढाउन सहयोग गर्छ । ५. नुन, चिनीको सर्वतले पनि लो ब्लड प्रेसरमा लाभ गर्दछ ।

यदि कसैलाई ब्लड प्रेसर लो भएमा तुरुन्त प्राथमिक उपचार थाल्नु पर्दछ । सकेसम्म ढाडको बलमा बसेर खुट्टा अगाडी सारेर खुट्टा मुनि सिरानी राख्ने । यसो गर्दा मस्तिष्कमा रक्तप्रवाह बढ्दछ । विभिन्न एजेन्सीको सहयोगमा