बिराटनगर, फागुन-२३ गते । शनिबार बिभिन्न स्थानबाट चेकजाँचको क्रममा लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापा बुद्धशान्ति -३ स्थित झिलमिले पुलबाट सोही स्थानका २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम र झापा भद्रपुर -८ सगरमाथा चौकबाट सोही स्थानका २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम खैरोहिरोईन ब्राउन सुगर सहित पक्राउ परेका छन । पक्राउ परेका दुबै जना थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी उदयपुर त्रियुगा -६ लालपत्ता स्थितबाट लागुऔषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिरहा लहान ३ का २३ बर्षीय सुजित चौधरी, सप्तरी खडक-१ का २२ बर्षीय महेश कुमार चौधरी र उदयपुर त्रियुगा ४ का १९ बर्षीय होमबहादुर मगर रहेका छन । सुजित र महेशलाई लागुऔषध डाईजेपाम-३५ एम्पुल, लुपिजेसिक-३५ एम्पुल र फेनार्गन-३५ एम्पुल सहित पक्राउ गरिएको हो भने होमबहादुरलाई लागुऔषध नाइट्राजिपाम ७५ ट्याव्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
लागुऔषध सहित ५ जना पक्राउ
सवालनेपालसंवाददाताआइतबार, २३ फागुन २०७७

लागुऔषध सहित ५ जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



