मोरङ, फागुन-२३ गते । मोरङ सुन्दरहरैचा नगरपालिका-७ गोठगाऊ स्थित पुर्व-पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । आज मध्य राती पौने १ बजे बा४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउदै गरेको प्र२-०२-००१ प३८७८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार बेलबारी-११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ बर्षीय मनोज कटुवाल घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा रातको पौने २ बजे मृत्यु भएको थियो । सो दुर्घटनामा हाईस चालक काठमाण्डौ बस्ने गणेश थापा र सह-चालक बेलबारी बस्ने उत्सब गिरी समेत घाईते भई बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
हाईस र मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते
सवालनेपालसंवाददाताआइतबार, २३ फागुन २०७७

हाईस र मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



