२५ फागुन, काठमाडौं । झापामा बस र स्कुटर एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।झापाको शिवसताक्षी नगरपालिका-९ एलम्बर चोकस्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख २७४६ नम्बरको बस र को ३८ प ४१९४ नम्बरको स्कुटर मंगलबार एकआपसमा ठोक्किँदा इलामको चुलाचुली गाउँपालिका-४ बस्ने ३८ वर्षीय राजेन्द्र देवानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देवान स्कुटर चालक हुन् । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार सोही ठाउँ बस्ने ४० वर्षीय पूर्ण राईको बीएण्डसीमै उपचार भइरहेको छ ।प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बस र विपरित दिशातर्फ जाँदै गरेको स्कुटर एक आपसमा ठोक्किँदा दुवैजना घाइते भएका थिए ।स्कुटरलाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।
बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते
सवालनेपालसंवाददातामंगलबार, २५ फागुन २०७७

बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



