त्रिशूलीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ।मंगलबार बिहान पौने १ बजे बेनिघाट रोराङ गाउँपालिका-१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा ट्रक खसेको थियो।इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भोजराज पाण्डेका अनुसार रूपन्देहीबाट काठमाडौं सिमेन्ट बोकेको ट्रक नदीमा खसेको हो।ट्रक खस्दा चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको इन्स्पेक्टर पाण्डेले बताए।पाण्डेका अनुसार उनीहरूको ट्रककै क्याबिनमा थिचिएर मृत्यु भएको हो।क्याबिनमा च्यापिएका उनीहरूको शव प्रहरीले तीन घण्टा लगाएर निकालेको थियो।पोस्टमार्टमको लागि दुबैको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ। घटना के कसरी भएको भन्ने अनुसन्धान भइरहेको इन्स्पेक्टर पाण्डेले बताए।
त्रिशूलीमा खस्यो सिमेन्ट बोकेको ट्रक, चालक र सहचालकको मृत्यु
सवालनेपालसंवाददातामंगलबार, २५ फागुन २०७७

त्रिशूलीमा खस्यो सिमेन्ट बोकेको ट्रक, चालक र सहचालकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



