कञ्चनपुर, ३ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी हुने बताउनुभएको छ ।

आज प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले काँग्रेसकै नेतृत्वमा संविधान निर्माण तथा शान्ति स्थापना भएकै कारण जनताले विश्वास गरेकाले अधिकांश स्थानीय निकायमा जित हातपर्ने निश्चित भएको बताउनुभयो ।

पहिलो संविधानसभाको निर्वाचनमा काँग्रेसको पराजयका कारण संविधान बन्न नसकेको स्मरण गर्दै उहाँले दोस्रो संविधानसभामा नेपाली जनताले काँग्रेसलाई जिताएपछि मात्रै संविधान बनेको उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी भए पाँच वर्षभित्रै कञ्चनपुरलाई समृद्ध बनाउने उहाँले बताउनुभयो । महाकाली नदीमाथिको पक्की पुल निर्माण कार्य असोजभित्रै सुरु हुने पनि उहाँले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah