बेइजिङ्ग, २७ असोज । यस वर्ष आठौं शिखर सम्मेलन १५ देखि १६ अक्टोबरः जम्मा दुई दिनसम्म आयोजना हुँदैछ र यस पटकको सम्मेलन भारतले आतिथ्य गर्दैछ ।

भारतले ब्रिक्स राष्ट्रको फेब्रुअरीदेखि डिसेम्बर २०१६ सम्मको अध्यक्षता ग्रहण गरिरहेको छ ।
यस पटकको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरुको विकास र उन्नतिको लागि सम्मेलनमा विविध छलफल हुने बताएको छ ।

ब्राजिल बि, रुस आर, भारत आई, चीन सि र दक्षिण अफ्रिका एस यी पाँच राष्ट्रहरु मिलेर अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहयोगमा अभिवृद्धि गर्ने उद्देश्य राखी सन् २००९ मा “ब्रिक्स राष्ट्र” को स्थापना भई शिखर सम्मेलनमा सबै ब्रिक्स सदस्यराष्ट्र प्रमुख वा सरकारप्रमुखहरुले भाग लिने सहमति भएको थियो ।

वर्तमान ब्रिक्स सदस्य राष्ट्रप्रमुखहरु ब्राजिलका राष्ट्रपति माइकल टेमर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सि जिन पिङग, र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा यस आठौं शिखर सम्मेलनमा मूल सहभागी हुनुहुनेछ ।
आठौं सम्मेलन भारतले आयोजना गर्ने र सम्मेलनस्थल चाहिं गोवा हुने भनी सन् २०१५ को जुलाईमा सम्पन्न ब्रिक्स राष्ट्रप्रमुखहरुको शिखर सम्मेलनले निश्चित गरेको थियो ।

ब्रिक्स सदस्यराष्ट्रहरुले राष्ट्रिय बिकासका बिभिन्न गतिबिधिहरुः चलचित्र, खाद्य तथा कृषि, वन तथा वातावरण, शिक्षा तथा संस्कृति, वाणिज्य तथा ब्यापार जस्ता क्षेत्रहरुमा बिगत सात वर्षदेखि आपसी सद्भावनाका हात अघि बढाएका छन् ।

यस पटकको शिखर सम्मेलनमा आयोजकराष्ट्र भारतले बिम्स्टेक राष्ट्रहरु मध्ये नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल, बङ्गलादेशकी राष्ट्रपति शेख हसिना, भुटानका नरेश छिरिङग तोब्गे, म्यानमारकी राष्ट्रपति आङग सान सुकी, श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेना र थाईल्याण्डका प्रधानमन्त्री प्रायुथ चान ओचालार्इ पनि सम्मेलनमा भागलिन आग्रह गरेको छ ।

त्यसैगरी गैह«बिम्स्टेकका अन्य मित्रराष्ट्रहरू, अफगानिस्तानका राष्ट्रपति असरफ घानी र मादिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनलाई पनि सम्मेलनमा निमन्त्रणा गरेको र ति सबै राष्टबाट सम्मेलनमा भाग लिन आउने ब्रिक्सले जनाउँदै आएको छ ।

यस शिखर सम्मेलनमा दोश्रो सत्र पनि आयोजना हुने र दोश्रो सत्रमा भने ब्रिक्स र बिम्स्टेक दुबै सदस्यराष्ट्रबीच क्षेत्रिय सहयोगमा सहजिकरण होस् भन्ने उद्देश्य राखी संयुक्त शिखर सम्मेलन पनि सञ्चालन गरिने जनाइएको छ ।

 

सम्मेलनमा भागलिन चिनियाँ राष्ट्रपति भारत प्रस्थान

brics-leaders-meet-on_vermimage-24-750

भारतको गोवामा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहान चीनबाट प्रस्थान गरेका छन ।

शिखर सम्मेलन शुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण पनि गर्ने बताइएको छ ।

शिखर सम्मेलन स्थलतर्फ जाने बाटोमा पर्ने चीनका मित्र राष्ट्रहरू कम्बोडियाका नरेश नरोडम सिंहामोनि र बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले चिनियाँ राष्ट्रपतिलाई आ आफ्नो मुलुक भ्रमण गर्न औपचारिक निमन्त्रणा गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा भने उनलाइ पहिलेदेखि नै गिएको थियो ।

राष्ट्रपति जिन पिङ्गको भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य तीनजना उच्चस्तरिय नेताहरु पनि संलग्न रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah