शेयर बजारमा घट्दो दबाव देखिन थालेको छ। दोस्रो बजारमा शेयरको माग ह्वात्तै कम हुँदै गएपछि सूचकमा दबाव पर्न थालेको हो। गत बुधवारको तुलनामा आइतबार शेयरको माग करिब ५० प्रतिशतले घटेको छ।आइतबार पहिलो घण्टामा ११ हजार खरिद आदेश मार्फत २१० कम्पनीका जम्मा ४९ लाख ४६ हजार कित्ताको माग छ। जबकि गत बुधवार ९० लाख कित्ता भन्दा बढीका माग रहेका थिए। जुन बुधवारको तुलनामा ४५.०२ प्रतिशत कम हो।शेयरको सबैभन्दा बढी माग चन्द्रागिरि छ। उसको १२ बजे सम्ममा ६ लाख ८६ हजार कित्ताको छ। दोस्रोमा निफ्रा देखिएको छ। उसको एक लाख ७० हजार कित्ताको माग छ। गत साता देखि माग निरन्तर ओराले उन्मुख देखिएको छ। शेयर सूचकमा दबाव बढेसँगै सूचकमा दबाव देखिन थालेको हो। सूचक घट्दो क्रममा गएपछि शेयर खरिद कर्ताले खरिद आदेश घटाउँदै लगेका छन्।
शेयरको माग ह्वात्तै घट्यो, बुधवारको तुलनामा ५० % कम,सूचकमा निरन्तर दबाब
सवालनेपालसंवाददाताआइतबार, ३० फागुन २०७७

शेयरको माग ह्वात्तै घट्यो, बुधवारको तुलनामा ५० % कम,सूचकमा निरन्तर दबाब
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



