दाङ, २ चैत । दाङमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका ६ ढिकपुरमा सोमबार विहान करिब १० बजेतिर विद्युतको तार सट भइ आगलागी हुदाँ ६ वटा फुसको छाना भएको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ । आगोलाई लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकोे थियो ।आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट के कती क्षती भएको भन्ने अहिले सम्म खुल्न सकेको छैन् ।
दाङमा विद्युत सर्ट भएर आगलागी हुदाँ ६ घर जले
सवालनेपालसंवाददातासोमबार, १ चैत २०७७

दाङमा विद्युत सर्ट भएर आगलागी हुदाँ ६ घर जले
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



