सुर्खेत । आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । गएको फागुन २३ गते आइतबार नदीमा हाम फालेकी उनको शव मंगलबार भेटिएको दैलेख प्रहरीले बताएको छ।नौ दिन पछि रजनीको शव अछाम जिल्लाको अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनको शव मंगलबार दिउँसो कर्णाली नदीको किनारमा भेटिएको हो,’उनले भने ।साथै रजनीको शव पोष्टमार्टमका अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठासकिएको बताइएको छ ।नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ ।यसअघि आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात फागुन २४ गते (सोमबार) सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो। त्यसको भोलिपल्ट (मंगलबार) सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो । उनीहरुको सामूहिक दाहसंस्कार गरिएको थियो ।
आठबीस घटना : ९ दिनपछि भेटियो रजनीको शव
सवालनेपालसंवाददातामंगलबार, २ चैत २०७७

आठबीस घटना : ९ दिनपछि भेटियो रजनीको शव
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



