४ चैत, काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ रुम गाउँ नजिकै डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना घाइते भएका छन् ।सुलिगार्ड–फोक्सुण्डो सडकखण्डमा बाटो खन्ने क्रममा बुधबार बिहान करिब ६ बजे डोजर दुर्घटना भएको हो ।दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका–११ का १७ वर्षीय हेमराज सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिए । यस्तै त्रिपुरासुन्दरी–११ का १५ वर्षीय एकराज बुढा घाइते भएका छन् । उनको हात खुट्टामा चोट लागेको छ । एकराजलाई उपचारका लागि त्रिपुराकोटतर्फ ल्याउँदै गरेको डीएसपी पाण्डेले बताए ।डोजर चालक अनमोल सिंह फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । डोजर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
डोल्पामा डोजर दुर्घटनामा परी एकजनाको मृत्यु, एकजना घाइते
सवालनेपालसंवाददाताबुधबार, ३ चैत २०७७

डोल्पामा डोजर दुर्घटनामा परी एकजनाको मृत्यु, एकजना घाइते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



