एक रियालिटी टिभी स्टारले आफ्नो सुन्दरता बढाउनका लागि कस्मेटिक सर्जरी गर्ने निर्णय गरेकी थिइन् । तर अब महिलाको नाक कुहिन थालेको छ । महिला आफैंले इन्स्टाग्राममा दोस्रो शल्यक्रिया गराउनका लागि आर्थिक मद्दत मागेकी छिन् ।डेली मेलको रिपोर्ट अनुसार २९ वर्षकी युवती एनास्तसिया वलिन्स्कया, बेलारुसमा बस्छिन् । एनास्तसियाका अनुसार शल्यक्रियामा गडबडी भएका कारण समस्या निम्तिएको हो । उनले इन्स्टाग्राममा आफ्नो नाक कुहिएको तस्बिर जारी गरेकी छिन् ।एनास्तसियाका अनुसार उनको नाक असाध्यै सुन्निएको थियो । उनले कस्मेटिक सर्जरी गराएको थुप्रै वर्ष बितिसकेको बताएकी छिन् तर अब नाक बचाउनका लागि उनले ढिला नगरी शल्यक्रिया गर्नुपर्ने बताएकी छिन् ।उनले भनेकी छिन्, ‘डाक्टरले मलाई नाक बचाउनका लागि दुई महिनाको मात्र समय भएको बताएका छन् ।’एनास्तसियाले इन्स्टाग्राममा आफ्नो समस्या सेयर गर्दै भनिन्, ‘अब मसँग उपचारका लागि पर्याप्त समय छैन र मैले ऋण पनि लिन सकिरहेकी छैन । ’उनले आफूलाई प्लास्टिक सर्जरीको पीडित बताउँदै प्रशंसकसँग मद्दत मागेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah