ह्वाइट म्युजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक गरिएको छ । मनोवादको आवाज, शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् । स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै, ठूला सपना बोकेर विदेसिने युवाहरूको घर परिवार र देश प्रतिको प्रेमको कथा हो ‘लालुमै’ । गीतको सङ्गीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् ।

सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमीला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा विजय बराल, घनश्याम जोशी, मौसम खड्का, राज न्यौपाने, उत्तम राज पाण्डे, शक्ति राई, उमेश तामाङ, रञ्जना ओली र सुरज तमु लगायत को अभिनय रहेको छ । नवीन बाबु गुरुङ र सुशील तामाङले संयुक्त रूपमा खिचेको भिडियोको सम्पादन र कलरिङ निशान घिमिरेले गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/yVqCzVRtoLo